सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं। जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ।
सचिवालय र जापान सरकार बीच सार्क-जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो।
सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उक्त कार्यक्रमले जापान र सार्क मुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment