समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय
काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सांसद छान्नका लागि पत्राचार गर्ने तयारी गरेको छ । दलहरूले पाउने सांसद संख्या तोकेर विभिन्न समावेशी समूहहरूबाट संविधान अनुसार प्रतिनिधित्व गराउँदै दलहरूले समानुपातिक सांसद छान्नुपर्नेछ ।
सांसद छान्नका लागि आयोगले दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । दलहरूले पहिले नै उम्मेदवारहरूको बन्द सूची बुझाइसकेको र सोही सूचीको प्राथमिकता क्रमअनुसार सांसद छान्नुपर्ने भएकोले सांसद बन्नेहरू अधिकांश पहिले नै तय छन् ।
निर्वाचन आयोगले दिएको समयमा दलहरूले नाम सिपारिस गर्नु पर्दछ । सिफारिसमा भएका नामहरू समावेशी क्लष्टरअनुसार बाँडफाँड भए-नभएको आयोगले रुजु गर्छ । रूजु गर्दा नमिलेको भए दललाई सच्याउन भनिन्छ र सही अनुपातमा नाम सिफारिस भएपछि आयोगले सिफारिस भएका उम्मेदवारलाई निर्वाचित भएको प्रमाण पत्र दिन्छ ।







डिसी नेपाल







Facebook Comment