इन्द्रायणी घाटमा नेपालभाषा टाइम्सका पूर्वसम्पादक मानन्धरको अन्तेष्टि
काठमाडौं। भाषा आयोगका सदस्य एवंं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्तेष्टि गरिएको छ।
५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो। नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए।
सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए।
२०४६ सालको जनआन्दोलनको समयमा वीर अस्पतालमा भर्ना भएका गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले चर्चित मानन्धर भएका थिए।
नेपाल भाषा आन्दोलन, नेपाल सम्बत् आन्दोलन तथा नेवाः संस्कृतिसँग सम्बन्धित विभिन्न विषयमा मानन्धरका थुप्रै लेख प्रकाशित छन्। २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन्।







डिसी नेपाल







Facebook Comment