नेपाली खेलाडीहरु धेरै क्षमतावान छन् : नवनियुक्त प्रशिक्षक एरेना

डिसी नेपाल
२९ फागुन २०८२ १४:४६
68
Shares

काठमाडौं । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु । विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइकन अघि बढ्नेछु ।’

त्यस्तै उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै आफ्नो प्रक्षिणमा उनीहरुलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रशिक्षक एरेनाले आफ्नो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुने धारणा राखे ।

उनले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.