किशोरी साहको उम्मेदवारी खारेज विवादमा आइतबार सुनुवाइ हुने

डिसी नेपाल
२९ फागुन २०८२ १९:०३
72
Shares

काठमाडौं। सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो।

न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को मुद्दामा आदेश गरेको हुनाले हेर्न नमिलेको हो। निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका उल्लेख गर्दै यही फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

सोही आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले साहलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.