मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै

डिसी नेपाल
३० फागुन २०८२ १६:४७
8
Shares

मुगु। मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै छन्। मुगुमा व्यवसायिक रुपमा खेती गर्दै आइरहेका अगुवा कृषक र प्राविधिकहरुको सहभागितामा विधि सिकाइएको हो।

ओखर खेती लगाउने आधुनिक तरिका र आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा हिउँदे फलफूल नर्सरी फलफुल ब्यावस्थापन सम्बन्धि ओखर खेती गने विधि सिकाइएको हो।

तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन गरीएको थियो। अगुवा कृषि, प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम तीन दिनसम्म सन्चालन भएको हो।

ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा अगुवा कृषि प्राविधिकहरूलाई व्यवहारिक रूपमा सिकाउने मुख्य उद्देश्य रहेको र मुगुलाई आउँदा दिनमा ओखरका बिरुवा उत्पादन गरी बाहिर जिल्ला निर्यात गर्ने र बिरुवासहित आत्मनिर्भर जिल्ला बनाउने उदे्श्यका साथ प्रशिक्षण दिइएको हो।

तालिममा ६० देखि ७० प्रतिशत व्यावहारिक र ३० देखि ४० प्रतिशत सैद्धान्तिक कक्षाहरू हुनेछन्। तालिममा कृषक र प्राविधिक गरी जम्मा ३१ जनाको सहभागि रहेको संयोजक भावना जैसीले बताइन्।

तालिममा प्रयोगात्मक वा व्यावहारिक र सैद्धान्तिक बिषयहरुमा केन्द्रीत तथा अगुवा कृषकहरुलाई तालिम सिकाएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजना प्रमुख तेज विक्रम मल्लले बताए।

तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्त्व, सम्भावना तथा चुनौतीहरू र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ।
त्यस्तै उपयुक्त हावापानी, माटो, जग्गा छनोट, रेखाङ्कनका विधिहरू, खाडलको तयारी र रोपण, जग्गा छनोट, बगैँचा व्यवस्थापन सिँचाइ, गोडमेल, मल्चिङ्, अन्तरबाली व्यवस्थापन, भण्डारण तथा बजारीकरणको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरिएको सहभागी अगुवा कृषक बाच बहादुर बुढाले बताए।

ओखर खेतीको व्यावसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यावसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा पनि जानकारी गराएको छ।

तालिममका सिकेका कुराहरु व्यवहारिक वा प्रयोगात्मक रुपमा प्रयोगमा ल्याउन प्रशिक्षक तथा वागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाका वैज्ञानिक राजकुमार गिरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.