चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा गिरावट

डिसी नेपाल
३० फागुन २०८२ १७:४९
800
Shares

काठमाडौं। वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुमा झरेको छ। यस प्रकारको निक्षेपमा औषत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो। बाँकी १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन्।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०३ प्रतिशतविन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन् ।

ब्याजदरमा गिरावटसँगै निक्षेपकर्ताले थोरै कम फाइदा पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा यसले प्रभाव पार्ने अनुमान गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.