गोरखामा माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा ६ जना ज्यान गएको हो।
गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त माइक्रोमा १४ जना सवार थिए।
घटनास्थलमा ६ जनाको मृत्यु भएकोमा र ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारकार्य जारी छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment