सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१ चैत २०८२ ७:२०
544
Shares

सर्लाही। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२-०३-०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका-१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर बस्दै आएका करिव ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा महतो गम्भीर घाईते भएका थिए। उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता राईले बताए। दुर्घटनामा संलग्न बस र बस चालक दाङको तुल्सीपुर नगरपालिका–९ का करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.