माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति
काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्ला तहका नेताबाट लान्छना लगाउने, घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा उनले पार्टीका माथिल्लो तहबाटै आफू र पार्टी नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको दाबी गरेका हुन्।
‘एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,’ उनले लेखेका छन्, ‘यस बीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ।’
उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले रूपान्तरण गर्नु पर्ने बताएका छन्।
‘उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्क सहित छलफल र बहस गर्न जरुरी छ। गलत जानकारी, मिथ्या जानकारी र घृणायुक्त भाषण बन्द गरौं। फेरि पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमिक्षा गरौं,’ उनले भने।
उनले पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताए।







डिसी नेपाल







Facebook Comment