रुखले च्यापिएर एक जनाको मृत्यु

डिसी नेपाल
१ चैत २०८२ २३:०३
20
Shares

त्रिवेणी (रुकुम पश्चिम)। जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ।

हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो। मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण ओखरको रुखको हाँगा भाच्चिएर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

घटनाको खबर पाएलगत्तै प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावत नेतृत्व तीन जनाको टोली घटनास्थल पुगेको उहाँले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.