काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ चैपुरवाबाट लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रक्राउ गरेका छन् । आइतबार बिहान प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका-४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका-२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्ण नगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।