रास्वपा महामन्त्री भन्छन्- सांसदको शपथपछि बालेन दलको नेता, त्यसपछि सरकार गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै बुर्लाकोटीले उक्त कुरा बताएका हुन्।
‘सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया बढाउँछौं। सांसदहरूको शपथ लगत्तै बस्ने दलको बैठकले बरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्छ,’ उनले भने।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको रास्वपाले दुई तिहाइ नजिक १८२ सीट जितेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment