प्रधानन्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण

डिसी नेपाल
४ चैत २०८२ १९:४२
32
Shares

तनहुँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जिल्ला अदालतको निरीक्षण गरेका छन्। सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिए।

त्यसक्रममा प्रधानन्यायाधीश राउतले जनतालाई सहज र सरल रुपमा सेवाप्रवाह गर्न निर्देशन दिएका छन्। उनले अदालतप्रति आमनागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।

तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले तनहुँ अदालतमा जेनजी आन्दोलनबाट भएको क्षति, हाल प्रवाह भइरहेको सेवा’ बारेमा जानकारी गराएका थिए।

अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले कार्यालय कक्ष, कागजात व्यवस्थापन तथा दैनिक कार्यसञ्चालनमा केही असहजता सिर्जना गरेको जानकारी दिए। यद्यपि, चुनौतीपूर्ण अवस्थाबीच पनि कर्मचारी र न्यायिक निकायको समन्वयमा सेवाप्रवाह नरोकिएको उनले उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *