बैतडीमा युवक मृत फेला

डिसी नेपाल
४ चैत २०८२ २२:२६
80
Shares

धनगढी । बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। पाटन नगरपालिका–३, गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली सुर्नया नदीको किनारमा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार पाटन–३ स्थित सुरुङ नजिकको बाटोबाट लडेर करिब एक सय मिटर तल नदी बगरमा उनको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले उक्त जानकारी दिएका हुन्।

कोली मंगलबार घरबाट सामान किनमेलका लागि पाटन बजार गएका थिए। बेलुकासम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्ने क्रममा बुधबार बिहान करिब ८ बजे सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *