‘सरके चुनर’ गीतमाथि प्रतिबन्ध लगाइएपछि के भन्छिन् नोरा फतेही ?
काठमाडौं । ‘सरके चुनर’ गीतको शब्दहरूका कारण भएको विवादमा नोरा फतेहीले प्रतिक्रिया दिएकी छिन्। उनले गीतलाई हिन्दीमा डब गर्दा उनको अनुमति नलिएको दाबी गरेकी छिन्।
नोरा फतेहीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो जारी गर्दै भनिन्, “मैले यो गीत तीन वर्षअघि कन्नड भाषामा छायांकन गरेको थिएँ। मलाई लागेको थियो कि यो संजय दत्तको प्रतिष्ठित गीत ‘नायक नही खलनायक हूँ मैं’ को रिमेक संस्करण हुनेछ। मलाई स्पष्ट पार्नको लागि गीत अनुवाद गरिएको थियो तर अनुवादमा केही आपत्तिजनक थिएन। मैले कन्नड भाषा बुझ्दिन, त्यसैले मैले उनीहरूले (निर्माताहरूले) जे भने पनि विश्वास गरें।”
“अब यो गीत हिन्दीमा डब गरिएको छ, तर यसको लागि मबाट कुनै अनुमति लिइएको थिएन। उनीहरूले (निर्माताहरूले) मेरो फोटो एआई मार्फत बनाएका थिए जसमा म र संजय दत्त देखिएका छौं, जबकि म एआईको विरुद्धमा छु।”
नोरा फतेहीले भनिन्, “जब मैले गीतको हिन्दी संस्करणको शब्द सुनेँ, मलाई लाग्यो कि यसमा विवाद हुनेछ, किनकि म हिन्दी बुझ्छु। मैले निर्देशकलाई यो गीत ठीक छैन र यसको विरोध हुनेछ भनेर पनि भनेँ, त्यसपछि म यो परियोजनाबाट अलग भएँ।”
भिडियोको क्याप्सनमा नोरा फतेहीले लेखेकी छिन्, “म चाहन्न कि कसैले पनि म यो (गीत) लाई समर्थन गर्छु भनेर सोचोस्। विरोधका कारण फिल्म निर्माताहरूले गीत हटाएका छन्। म सबैलाई यो गीत सेयर गर्न बन्द गर्न पनि अनुरोध गर्न चाहन्छु, किनकि यसो गरेर तपाईंले यसलाई अनावश्यक प्लेटफर्म दिइरहनुभएको छ। मैले यो पनि याद गरें कि केही मानिसहरूले यो अवसरलाई मेरो चरित्रमाथि आक्रमण गर्न प्रयोग गरिरहेका छन्, जुन दुःखद छ।”
उनले लेखेकी छिन्, “ठीक छ, मेरो टोली र म भविष्यमा यस्तो परिस्थितिमा अझ बढी सावधान रहनेछौं। तर म फेरि स्पष्ट पार्न चाहन्छु कि मलाई यो हिन्दी गीतको बारेमा कुनै ज्ञान थिएन, मैले यसमा प्रस्तुति दिइनँ र मेरो फोटो प्रयोग गर्न कुनै अनुमति लिइएन।”
यसअघि सूचना तथा प्रविधि मन्त्री अश्विनी वैष्णवले बुधबार संसदमा भनेका थिए , “गीत पहिले नै प्रतिबन्धित भइसकेको छ। हामीले संविधान निर्माताहरूले अभिव्यक्ति स्वतन्त्रतामा लगाएको उचित प्रतिबन्धहरूको पालना गर्नुपर्छ। समाज र संस्कृतिको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रतालाई ध्यानमा राख्नुपर्छ।”







डिसी नेपाल







Facebook Comment