प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ १२ चैत्रमा

डिसी नेपाल
५ चैत २०८२ १६:३५
132
Shares

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ।

संघीय संसद सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो।

दलहरुसंग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसंग शपथ ग्रहण गर्ने उनले बताए। राष्ट्रपतिसंग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए। त्यस्तै नवनिर्वाचित सदस्यहरुको अभिमूखीकरणका लागि समेटनुपर्ने बिषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए।

खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरु आएको प्रवक्ता गिरीले उल्लेख गरे।

त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलब्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए।

छलफलपछि संसद सचिवालयले दलका प्रतिनिधिहरुलाई दलको कार्यालय समेत देखाएको थियो। प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसावले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *