रविकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
काठमाडाैं। रास्वपारवि लामिछाने जोडिएको मुद्दामा उनी बाहेक अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरि हटाउन स्वीकृति दिने महान्यायाधीवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार त्रुटी सच्याई अन्य प्रतिवादीहरू समेतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको फिर्ता गरेको भनिएको माघ २ गतेको निर्णय फाइल झिकाउन आदेश भएको हो।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर, त्यसको दुई दिनपछि २ माघमा भने लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको थियो।
तर सर्वोच्चमा ३० पुसको निर्णय मात्रै पेश भएको पाइएको छ। त्यसपछि इजलासले २ माघको संशोधित निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्, जसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन्।







डिसी नेपाल







Facebook Comment