विश्वप्रकाश भन्छन्- गगनको राजीनामाभन्दा स्थिति सम्हाल्ने प्रधान विषय हो

डिसी नेपाल
५ चैत २०८२ १८:३०
28
Shares

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान अवस्थामा सभापति गगन थापाको राजीनामा भन्दा स्थिति सम्हाल्ने विषय प्रधान भएको बताएका छन्।

शुक्रबारका लागि तय भएको केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिएका हुन्।

‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक। तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ,’ उनले भने।

डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने उपसभापति शर्माले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *