प्युठानमा सडक दुर्घटनामा पैदलयात्रुको मृत्यु

डिसी नेपाल
५ चैत २०८२ २३:०२
20
Shares

काठमाडौं । प्युठानमा टिपरले किच्दा एक जना मजदुरको मृत्यु भएको छ।

दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ४४ वर्षीय अशोक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता हरि भट्टराईले बताए।

प्युठान नगरपालिका–८ पाडावाङमा रा १ ख १८३९ नम्बरको टिपरले बेलुकी पौने ७ बजेतिर पैदल हिँडिरहेका अशोकलाई पछाडिको टायरले किचेको थियो।

प्रहरी निरीक्षक भट्टराईका अनुसार अशोक निर्माणाधीन सोही सडक खण्डमा काम गर्ने मजदुर हुन्। टिपर लुप्लुङबाट चुनढुंगा बोकेर दम्तीतर्फ जाँदै थियो।

चालक प्युठान नगरपालिका–२ जुर्मीका ३७ वर्षीय अशोक राना मगर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *