मध्यपूर्वमा अमेरिकी सुरक्षा छाता ओढ्ने देशहरूको हरिविजोक

कृष्ण बोहरा
८ चैत २०८२ ७:३३
676
Shares

अमेरिका अहिले विश्वको शक्तिशाली देश हो। उ आफूलाई विश्वमा सर्वे सर्वा ठान्ने गर्दछ। विश्वका विविध देशहरुका सुरक्षा कबज बनिदिन्छु भनी उसले सबै देशलाई आश्वस्त पार्न कोसिस गर्छ। यदि उसको सुरक्षाको छाता ओढ्न कसैले मान्दैन भने पनि अनेक तिकडम अपनाउँदै छाता ओढ्न उसले ती देशहरुलाई बाध्य बनाउँछ।

यही बहकाउमा लागेर मध्यपूर्वका देशहरुले पनि अमेरिकी छाता ओढेका थिए। तर यतिखेर त्यही छाता ओडेका कारण ती देशहरू न निल्नु न ओकल्नु को अवस्थामा पुगेका छन्। अमेरिकी सुरक्षाको छाता ओढेकै कारण युद्धको चपेटामा परेका छन्। विशेष गरेर खाडी क्षेत्रका ती देशहरूमा युएई, साउदी अरब, कुवेत, कतार, बहराइन आदि हुन्।

मध्यपूर्वका यी देशहरूमा भएका अमेरिकन क्याम्पहरुमा निशाना बनाई इरानी क्षेप्यास्त्र र ड्रोन हमलाले त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। युद्धको रफ्तार बढ्दै जाँदा ती देशहरूका तेलका केन्द्रहरू र अमेरिकन दुतावासहरुमासमेत प्राहर भइरहेको छ।

ती देशहरूमा विद्यमान अमेरिकी प्रतिरक्षा प्रणाली नै नकाम सिद्ध भइरहेका छन्। अहिले यतिखेर आएर मध्यपूर्वका ती देशहरुले बुझ्न थालेका छन् कि अमेरिकन बेस क्याम्पहरु रहन दिनाको परिणाम हो यो भनेर। इरानी सरकारले भनिरहेको छ कि, ” हाम्रो शत्रु अमेरिका मात्र हो तपाईंहरू हैन। तपाईंहरु अमेरिकन सेना आफ्नो देशबाट हटाइहाल्नुस्। हामी तपाईंलाई केही पनि गर्दैनौं।”

इजरायलले इरानमाथि हमला गर्नुको कारण लेबनानको हजबुल्ला र यमनका हुती विद्रोहीलाई इरानले सहयोग गरेका हुनाले हो। तर अमेरिकाले जुनसुकै देशमा हमला गर्नुको कारण त्यसको छुट्टै स्वार्थ लुकेको छ। उ आफूभन्दा कमजोर देशहरूमा रहेको कच्चा तेल तथा खनिज सम्पदाहरू आफ्नो नियन्त्रणमा लिन चाहन्छ।

इरान माथिको हमला पनि उसको तेल स्वार्थ नै हो। उसले यसरी विभिन्न देशहरूलाई आफ्नो प्रभावमा पार्न त्यस देशको सत्ता परिवर्तन गर्न र आफूले भनेको मान्ने व्यक्तिलाई ती देशहरूको सरकार प्रमुख बनाउन उ मरिमेटेर लागेको हुन्छ। यसको लागि उसले राजतन्त्र भएका मुलुकहरुमा राजतन्त्रको विरुद्धमा द्वन्द्व चर्काउँछ।

राजतन्त्र विस्थापित भएका मुलुकहरुमा राजतन्त्रको पक्षमा मानिसहरूलाई उचाल्छ। कहीँ उसले जातजाति बीच खेल्छ र द्वन्द्व चर्काउँछ। कहीँ लोकतन्त्रको नारा दिएर सम्बन्धित देशको जनता भड्काउँछ। कहीँ उसले धार्मिक द्वन्द्व गराउँछ। जे जसरी भएपनि द्वन्द्व चर्काउनु र ती देशहरूको सत्ता पल्टाउनु उसको उद्देश्य हो।

यसरी कठपुतली सरकार निर्माण गरी त्यस देशको खनिज र कच्चा तेल प्राप्त गर्नु उसको मुख्य धेय रहन्छ। यही नै आधुनिक युगको साम्राज्यवादको असली स्वरूप पनि हो। इरानमा पनि उसले त्यो देशको राजतन्त्रलाई स्थापित गरी आफू अनुकुलको सरकार निर्माण गर्न चाहन्थ्यो।

ऊ भन्दै थियो कि, ” तीन दिनमा इरानको सत्ता पल्टिनेछ। यति नभए पाँच दिनमा त सबै काम तमाम हुनेछ। ” तीन दिनमा आफू अनुकूलको सत्ता ल्याउने उसको परिकल्पना थियो। यही इरादाको साथ अमेरिकाले आफ्नो जासुसी संस्था सीआइएलाई खटाएको थियो।

सीआइएले पनि इरानको उच्च नेता आयो तोल्ला अलि खामिनी र केही उच्च अधिकारीहरूको संयुक्त बैठक निश्चित ठाउँमा बस्न लागेको सूचना गोप्य रुपमा अमेरिका पठायो। इरानबाट त्यो सूचना पाएपछि इजरायल र अमेरिकाको संयुक्त हमला बैठक स्थलमा भयो। परिणामस्वरूप उच्च नेता र केही उच्च पदस्थ अधिकारीहरूको त्यहाँ कत्लेआम हुनपुग्यो।

यति हुँदा पनि इरानको सत्ता अमेरिकाको अनुकूल हुन सकेन। इरानले आयो तोल्ला अलि खामिनीको ठाउँमा नयाँ सर्वोच्च नेता आयोतोल्ला अराफीलाई नियुक्त गर्‍याे। अमेरिकी र इजरायली हमलाको बदला लिन अहिले इरान डटेर लागेको छ।

अमेरिकाले सोचे जस्तो इरान त्यति कमजोर रहेको देखिएन। इरानले दशौँ वर्षअघिदेखि नै आफ्नो देशमा हुन सक्ने युद्धको प्रतिकारको लागि तयार भएर बसेको रहेछ। आफ्नो देशमा कुनै पनि बेला इजरायली र अमेरिकी हमला हुनसक्छ भन्ने इरानलाई पहिले नै थाहा रहेछ।

उसले चट्टानी पहाड मुनि सयौं फिट तल हतियारहरूको त सहर नै निर्माण गरिसकेको रहेछ। कैयौं मिसाइल र ड्रोनहरू त्यहाँ तैनाथ थिए। जुन अमेरिका र इजरायललाई प्रतिउत्तर दिन काफी थिए। लामो समयसम्म युद्ध गर्दा पनि यी हतियारको भण्डार नरित्तिने कुरा देखिन थालेको तथ्यहरुले बताइरहेको छ।

रुसले S400 र महत्वपूर्ण खुफिया जानकारी इरानलाई सेयर गरेको छ। यस प्रणालीबाट ४०० किलोमिटर सम्म का विमान ड्रोन र मिसाइललाई आकाशमै नष्ट गर्न सक्छ। यस्तै गरेर चीनले पनि इरानलाई उन्नत हाइपरसोनिक एनटी-सिप मिसाइल उपलब्ध गराएको बताइएको छ।

मिसाइलहरू अमेरिकी विमानवाहक पोतलाई लक्षित गर्न सक्षम रहेको उल्लेख छ। खाडी क्षेत्रको ती देशहरूमा पनि युएई र बहराइनलाई बढी टार्गेट गरिएको छ। यसको कारण के हो भने अमेरिका र इजरायलले प्यालेस्टाइन राज्यलाई समाप्त गर्न एउटा अब्र्हाम सन्धि गरिएको थियो। यसमा सबभन्दा पहिला तीन हात उफ्रेर सन्धिमा हस्ताक्षर गर्ने यी दुई देशहरू नै हुन्।

व्यापक मात्रामा इरानी बमबारी भइरहेको कारण इजरायल पनि हायल कायल बनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन न्यातन्याहुको अवस्था अज्ञात छ भनिएको छ। प्रधानमन्त्रीलाई सार्वजनिक गर्न इजरायली जनताहरू सडकमा नारा लगाइरहेका पनि देखियो।

यही युद्धको कारण अमेरिकाको आन्तरिक जीवनमा पनि अन्तर्विरोध र कलहको स्थिति उत्पन्न भइरहेको छ। विपक्षी दलले संसदमै विरोध जनाएको छ। अमेरिकी पत्रिकामार्फत पनि यस युद्धको विरोध भइरहेका छन्। ट्रम्प नतमस्तक बनेका छन्।

उसका मित्र देशहरू युरोपियन युनियनले पनि यस किसिमको युद्धमा आफूले साथ नदिने भनिसकेका छन्। सार्वभौम राष्ट्र भेनेजुएला माथिको ठाडो हस्तक्षेप र इरान माथिको यो हस्तक्षेप संयुक्त राष्ट्र संघको कानुन विपरित भएको बताइरहेका छन्। यसैले ट्रम्प एक्लो बनिरहेका छन यतिखेर।

इरानले हर्मुजको जलमार्ग बन्द गरेको छ। यो घाँटी भएर विश्वको २१% तेल र ग्यास लगायत अन्य सामानहरुको ढुवानी हुने गर्थ्यो। हर्मुज जल डमरु को यो मार्ग बन्द हुनाले विश्वभर तेल र ग्यासको हाहाकार भइरहेको छ। यसबाट अमेरिकामा समेत प्रत्यक्ष प्रभाव परिरहेको छ।

अब उसलेसमेत रुसी तेलको भर पर्नुपर्ने आवश्यकता महसुस गरेको छ। जब कि यसअघि विश्वभर रुसी तेल आयातमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो। रुसको तेल निकासीमा प्रतिबन्ध लगाएर ऊ रुसलाई आर्थिक रुपमा कमजोर पार्न चाहन्थ्यो। उसको त्यो सपना व्यर्थ भएको छ।

रूससँग तेलको लागि उसले माग गरिरहेको छ। यता इरानले तेल बिक्रीमा डलरलाई प्रतिबन्ध लगाएको छ। चिनियाँ युवानमा तेल बेच्नको लागि भनिरहेको छ। यसबाट लामो समयदेखिको अमेरिकी डलरको एकाधिकार तोडिएको छ। अमेरिका र इजरायल बाहेकका देशहरूले हर्मुजको मार्ग प्रयोग गर्न सक्ने कुरा पनि बताइरहेको छ। यसबाट अमेरिकाको अर्थतंत्रमा प्रत्यक्ष असर पर्ने देखिँदैछ।

ट्रम्प यतिखेर आतिएका छन। उनी किम कर्तव्य विमुड बनेका छन्। कहिले उनी इरानको अन्त्य नभएसम्म यो युद्ध रोकिँदैन भनिरहेका छन्। कहिले उनी अबको समस्या शान्तिपूर्ण संवादबाट मात्र हल हुन्छ भन्दै छन्। कहिले रुसँग हारगुहार गरिरहेका छन्। कहिले चीनलाई घुर्काइरहेका छन्।

कहिले हर्मुत जलमार्गमा आफ्ना युद्धपोतहरू पठाउ भनी विश्वका विभिन्न देशहरुलाई भनिरहेका छन्। तर कसैले पनि टेरपुच्छर लगाएको देखिँदैन। त्यसैले उनी के गर्ने के नगर्ने दुविधामा छन्। यो युद्ध किन गरियो? उनैलाई थाहा छैन। अवस्था यसरी गुज्रिरहेको छ। उता इरानको प्रहार भने रोकिएको छैन। यो बलात रुपमा अगाडि बढिरहेको छ।

देशको सुरक्षाको लागि अमेरिकी छाता ओढ्ने जति पनि देशहरु छन् उनीहरूको अवस्था अब नाजुक बन्दैछ। यसको प्रत्यक्ष उदाहरण हामी पश्चिम एसियामा भएको हालको यो युद्धलाई हेर्न सक्दछौं। अमेरिकीहरूको उपस्थिति जुन जुन देशमा छ ती देशहरुमा भएका उनीहरूका क्याम्पहरुमा इरानले तीव्र रुपमा हमला गरेका हुनाले अब ती देशहरू समस्या ग्रस्त बनेका छन्।

युएई इतिहासमा पहिलोपल्ट अब आर्थिक रुपमा पनि उठ्न नसक्ने गरी तल झर्ने सम्भावना देखिँदैछ। त्यहाँका विकास समृद्धि र पर्यटकहरू आकर्षित गर्ने संरचनाहरू पनि क्षतिग्रस्त हुने अवस्था सिर्जना भएको छ। यसैले युएईलाई फेरि उठ्न धेरै लामो समय पर्खिनुपर्ने हुनसक्छ।  अमेरिकी सुरक्षा छाता कमजोर बन्दैछ। डलरको भाउ अमूल्यन हुने सम्भावना छ।

यसैले नेपालमा पनि एमसीसी पारित गरेर विगतका सत्ताधारीहरुले जे जस्तो अकर्मण्यता गरे अब बन्दै गरेको बालेन सरकारले पनि त्यसैलाई निरन्तरता दिए देश समस्या ग्रस्त बन्दै जाने कुरा स्पष्ट छ। यसैले अबको बाटो भनेको पृथ्वी पथको हो। पृथ्वीनारायण शाहले भन्नुभए जस्तो परराष्ट्र नीतिको आवश्यक छ। असंलग्न परराष्ट्र नीति नै नेपालको सबैभन्दा आवश्यक र उपयुक्त विदेश नीति हो। जुन हाम्रो संविधानमा पनि उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *