गोरेटो कन्सलटेन्सीले बागबजारमा खोल्यो नयाँ शाखा, एकै दिन तीन सय विद्यार्थीले लिए परामर्श
काठमाडौं । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफ्नो नयाँ शाखा काठमाडौंको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए।
नयाँ शाखा सञ्चालमा आएसँगै निर्देशक कंडेल भन्छन्, ‘बागबजारमा विद्यार्थीलाई मल्टिडेस्टिनेसन करिअर काउन्सिलिङ गर्ने उद्देश्यले शाखाको विस्तार गरेका हौं। विद्यार्थीलाई अन्य शाखाहरूबाट जस्तै यहाँबाट पनि सेवा दिनेछौं।’
यस्तै गोरेटोका संयोजक प्रकाश रेग्मीले नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रम र यथार्थका सम्वन्धमा सम्बन्धित मुलुकका शिक्षणसंस्थाका प्रतिनिधिबाटै परामर्श लिन पाउने बताए।
संयोजक रेग्मी भन्छन्, ‘विदेश अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आफू नजिकको स्थानबाट सेवा लिन सजिलो होस् भन्ने अभिप्रायका साथ हामीले बागवजारमा सेवा विस्तार गरेका हौं।’
गोरेटो एजुकेशनले काठमाडौंको वानेश्वर, ललितपुरको कूमारीपाटी, कोशी प्रदेशको इटहरी, बागमति प्रदेशको चितवन, गण्डकी प्रदेशमा पोखरापछि काठमाडौंको बागवजारमा शाखा विस्तार गरेको हो।
गोरेटोका प्रवन्ध निर्देशक कंडेलले अन्य शाखामा जस्तै यो शाखा मार्फत पनि प्रभावकारी सेवा प्रदान गर्ने बताए। गोरेटोले बागवजार शाखा सञ्चालनमा ल्याएको अवसरमा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुलाई परामर्श समेत प्रदान गरेको थियो। सो अवसरमा ३ सय बढी बिद्यार्थीहरुको सहभागीता रहेको गोरेटोले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment