नेपालको कुखुरापालन व्यवसायमा बजार र पुँजीको अभाव मुख्य चुनौती
काठमाडौं। नेपालको कृषि क्षेत्रको मेरुदण्ड मानिने कुखुरापालन व्यवसायमा अहिले बजार र लगानीको अभाव सबैभन्दा ठूलो अवरोधका रूपमा देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको एक सर्वेक्षण अनुसार प्रदेशगत तथ्याङ्क अनुसार, झण्डै आधा व्यवसायीहरूले उत्पादित वस्तुको उचित बजार नपाएको गुनासो गरेका छन्।
सर्वेक्षणका अनुसार नेपालभरका ४५ प्रतिशत कुखुरापालक किसानले बजारको अभावलाई प्रमुख समस्या मानेका छन्। प्रदेशगत रूपमा हेर्दा लुम्बिनीमा ५६.५ प्रतिशत, कोशीमा ५४.६ प्रतिशत र बागमती प्रदेशमा ५१ प्रतिशत किसानहरूले बजार नपाएको समस्या झेल्नुपरेको छ। यी प्रदेशहरू उत्पादनका हिसाबले अगाडि भए पनि उचित वितरण प्रणाली र बजार पहुँचमा भने पछाडि देखिएका छन्।
बजारपछि कुखुरापालन क्षेत्रको दोस्रो ठूलो समस्या पुँजीको अभाव २०.५ प्रतिशत देखिएको छ। विशेषगरी मधेश प्रदेशमा ३५.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३२.४ प्रतिशत किसानहरूले व्यवसाय विस्तार र सञ्चालनका लागि आवश्यक लगानी जुटाउन कठिन भइरहेको बताएका छन्। विभिन्न प्रदेशमा समस्याका प्रकृतिहरू फरक–फरक पाइएका छन्।
कर्णाली प्रदेशमा यहाँ ३१.१ प्रतिशत किसानले चल्लाको गुणस्तरमा कमी भएको गुनासो गरेका छन भने १०.६ प्रतिशतले प्राविधिक सेवाको अभाव झेलिरहेका छन्। व्यवस्थापनमा पनि यहाँ २९.५ प्रतिशत समस्या देखिएको छ।
गण्डकी प्रदेशमा व्यवस्थापनमा समस्या १४.६ प्रतिशत र कामदारको अभाव ५.० प्रतिशत मुख्य चुनौतीका रूपमा रहेका छन्। सुदूरपश्चिम प्रदेशमा कामदारको अभाव ७.३ प्रतिशत अन्य प्रदेशको तुलनामा बढी देखिएको छ।







डिसी नेपाल







Facebook Comment