लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित
जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ।
जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन।
मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भएपनि लगातारको वर्षाका कारण खेल भने अझै सुरु हुन सकेको छैन। दुबै टिमका खेलाडिहरु मैदानमा निर्मित टेन्टमा बसेर वर्षा रुक्ने पर्खाइमा रहेका छन्। तर मौसम विभागको प्रक्षेपन हेर्दा बेलुकासम्म वर्षा रुक्ने सम्भावना कम देखिएको छ।
क्यानका पदाधिकारीसहित मधेश प्रदेशका क्रिकेट एशोसिएसनका पदाधिकारीहरु मैदानमै बसिरहेका छन्। वर्षा नरोकिए दुबै टिमले एक एक अंक प्राप्त गर्ने बुझिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment