इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु, चार घाइते

डिसी नेपाल
८ चैत २०८२ १८:५०
80
Shares

पाटन (ललितपुर)। ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आज इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो। पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिए।

उक्त घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा रुकुम घर भई सोही इँटाभट्टामा काम गर्ने २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन्। गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *