एएनओको निवेदनपछि नेपाली मूलका विदेशी नागरिकलाई अध्यागमनमा अब छुट्टै डेस्क
काठमाडौैं।।विश्वभर छरिएर बसेका नेपाली मुलका नागरिहरुको छाता संगठन एशोसिएसन अफ नेपाली ओजिजिन (एएनओ) को निवेदनको सुनवाई गर्दै सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा नेपाली मुलका नागरिकका लागि छुट्टै डेक्स स्थापना गर्ने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले एएनओको आग्रहपछि सो निर्णय गरेका हुन्। विश्वका जुनसुकै मुलुकमा बसेपनि नेपाली मुलका नागरिक आफ्नो मातृभूमिप्रति अगाध माया र सम्मान व्यक्त गर्दछन्। उनीहरुलाई नेपाल भूमि प्रवेश गर्दा वा प्रस्थान गर्दा सरकारको तर्फबाट आत्मीय स्नेह होस भन्ने माग राख्दै विमानस्थलमा छुट्टै डेक्स राख्न एएनओले गृहमन्त्री अर्याललाई गत आइतबार गृहमन्त्री समक्ष लिखित निवेदन दिएको थियो।
सो निवदेनपनि गृहमन्त्री अर्यालले सम्बन्धित विभागका प्रमुख र गृहमन्त्रालयका सचिवसँग एएनओका पदाधिकारीलाई बोलाएर छलफल गराएका थिए। सो छलफल पछि आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै एएनओको माग बमोजिम विमानस्थलमा गैरआवासीय नेपालीसहित नेपाली मुलका नेपालीका लागि छुट्टै डेक्स स्थापना भएको हो।
अध्यागमन विभागले विदेशी मूलका नेपालीहरूका लागि अब छुट्टै डेस्क स्थापना हुने जानकारी दिएको हो। नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा/संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन छुट्टै डेस्क स्थापना हुने निर्णय गरिएको अध्यागमनले जनाएको छ।
‘नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले नेपाली मूलका विदेशी नागरिकहरूका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्था गर्नू,’ निर्णयमा भनिएको छ।
आफूहरुको माग पूरा गरेको भन्दै एएनओले गृहमन्त्री अर्याललाई धन्यवाद दिएको छ।
एएनओका अन्तर्राष्ट्रिय कमिटीका अध्यष डिल्ली अधिकारीको नेतृत्वमा उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई तथा नेपाल च्याप्टरका अध्यक्ष पूर्व उपरथी कृष्णप्रसाद सापकोटा, महासचिव फूलमान बलसहितको प्रतिनिधि मण्डलले गृहमन्त्रीसँग भेग गरी सो विषयमा ध्यानाकर्षण गराएको थियो।







डिसी नेपाल







Facebook Comment