पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन?
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले पितृशोकमा छन्।
पिताको निधन भएपछि उनको १३ दिनको कर्म बारेर बसेका ओलीलाई भेट्न विभिन्न दलका नेताहरु उनको निवास गुण्डु पुगिरहेका छन्। तर, भावी प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह भने ओलीलाई भेट्न गएका छैनन्।
पितृशोकमा रहेका ओलीलाई केही दिनअघि नै बालेनले सामाजिक संजालमार्फत समवेदना र सहानुभूति व्यक्त गरिसकेका छन्। तर, उनी स्वयं भने नगएपछि यसबारे चासो बढेको छ। बालेनले रास्वपाका केही नेताहरु र आफ्ना निकट सहयोगी कुमार बेनलाई समेत ओलीकहाँ पठाएका छन् तर आफू भने गएका छैनन्।
बालेननिकट स्रोतका अनुसार अहिले चलिरहेको नवरात्रीमा बालेनले विशेष ब्रत बसिरहेका छन्। यो व्रत नवरात्री सकिएसँगै समापन हुने स्रोतले जानकारी दियो। सोही ब्रतका कारण ओलीले आशौच बारिरहेको हुँदा बालेन स्वयं ओलीकहाँ नगएको उनीनिकट स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार बालेनले नवरात्रको ब्रद्ध पूर्व विधिअनुसार पालन गरिरहेका छन्। सोहीअनुसार प्रधानमन्त्रीमा उनको शपथ ग्रहणको मिति पनि रामनवमीको दिन पारेर राखिएको छ। यो ब्रत समापन हुनासाथ बालेन ओलीलाई भेट्न जाने सम्भावना रहेको स्रोत बताउँछ। त्यो मिति भने उनी प्रधानमन्त्री भइसकेपछि हुन सक्नेछ।
यो पनि पढ्नुस्







डिसी नेपाल







Facebook Comment