प्रधानमन्त्रीले निजी सामान सारिन्, शितलनिवासबाट बालुवाटार नफर्कने

डिसी नेपाल
१० चैत २०८२ १४:४०
612
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना निजी सामानहरु आफ्नो निजी निवास धापासीमा सार्दैछिन् । नयाँ प्रधानमन्त्री आउन लागेपछि उनले आफ्नो जिम्मेवारी पूरा गरेर प्रधानमन्त्री पदसँगै सरकारी निवास छाड्न लागेकी हुन् ।

‘१३ गतेसम्म उहाँ यहीँ बस्ने भएकोले दैनिकीका लागि आवश्यक सामान त यहाँ बाँकी हुने नै भए’ प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने ‘सारेर पनि फरक नपर्ने अरु सामानहरु सार्ने काम भएको छ ।’ १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण हुने भएपछि प्रधानमन्त्री कार्कीले सरकारी निवास खाली गरिदिन लागेकी हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्की शितलनिवासबाटै धापासी जाने तयारी छ । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण राष्ट्रपति निवास शितलनिवासमा हुनेछ । शपथ अघिसम्म प्रधानमन्त्रीकै हैसियतमा रहने कार्की शपथपछि मात्रै पूर्व प्रधानमन्त्री हुनेछिन् ।

प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा शितलनिवास गएपछि उनी फेरि बालुवाटार फर्किने छैनन् । स्रोतका अनुसार शितलनिवासको शपथ ग्रहण कार्यक्रम सकिएसँगै स्वतः पदमुक्त हुने उनी उतैबाट आफ्नो निजी निवास जाने योजनामा छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *