पोखरामा ‘अपरेसन ३६५’ : चार सय १४ मोटरसाइकल समातिए

डिसी नेपाल
१० चैत २०८२ २२:३६
40
Shares

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल र ३६ जनालाई नियन्त्रमा लिएर कारबाही गरेको छ।

मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अभियानका क्रममा पछिल्लो पटक चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बस्नेतले बताए।

उनका अनुसारस्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट सहरमा आतङ्क सिर्जना भएको गुनासोपछि यो अभियान सञ्चालन गरेको हो। “देशको पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मोडिफाइ गरिएका मोटरसाइकलबाट आतङ्क सिर्जना गर्ने कार्य भएपछि यो अभियान सुरु गरेका हौँ। अहिले अभियानसँगै प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउँदै लगेको छ। वैध रूपमा परिवर्तन गरिएका मोटरसाइकलको जानकारी नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरेका छौँ,” प्रहरी नायब उपरीक्षक बस्नेतले भने।

सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ। सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रनाउ बस्नेतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *