प्रचण्डको बयान- मेरो अवैध नगद भेटिएको भन्ने निराधार आरोप हो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अवैध नगद भेटिएको भन्ने प्रचार निराधार भएको दाबी गरेका छन्। जाँचबुझ आयोगसँगको बयानमा प्रचण्डले यस्तो बताएका हुन्।
‘भदौ २४ गते काठमाडौंमा म बस्दै आएको भाडाको निवास तथा चितवन स्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। काठमाडौंमा मेरो आफ्नै घर छैन। मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौँ,’ उनले भनेका छन्।
भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकार विरुद्धको आक्रोश मात्र नभई व्यवस्था माथि नै प्रहार गर्ने नियोजित प्रयास भएको उनको दाबी छ।
आफ्नो पार्टीले जेनजी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्नता नरहेको उनले प्रस्ट पारेका छन्। ‘हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुन विपरीत क्रियाकलापमा संलग्न भएको प्रमाणित भए, उसले कानूनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ उनले भनेका छन्।







डिसी नेपाल







Facebook Comment