स्काभेक्टर चालकको पुरिएर मृत्यु

डिसी नेपाल
११ चैत २०८२ १९:०३
376
Shares

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक स्काभेटर चालकको मृत्यु भएको छ।

भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय विक्की महतो स्काभेटरसहित पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

ढुङ्गासहितको पहिरो आएर पुरिएको र उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव अस्पतालमै राखिएको छभने आफन्तलाई जानकारी गराइसकेकाले आफन्त आएपछि बिहीबार मात्र शव परीक्षण गरेर बुझाउने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *