बिहीबार कस्तो रहला देशभरको मौसम?

डिसी नेपाल
१२ चैत २०८२ ६:४९
236
Shares

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू-भागमा आँशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *