वसन्तपुर क्षेत्रमा रहेको कालभैरव मन्दिर वरिपरिको आकर्षक दृश्यहरू
काठमाडाैं। काठमाडौंको वसन्तपुर क्षेत्रमा अवस्थित कालभैरव मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण परम्परागत मन्दिर हो। विशेष गरी शनिबार र पर्व-उत्सवका अवसरमा कालभैरव मन्दिरमा भीड बढ्ने गर्दछ। कालभैरव मन्दिर वरपर वसन्तपुर दरबार क्षेत्रमा रहेका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ।
यहाँ हनुमान ढोका दरबार, तलेजु भवानी मन्दिर लगायतका महत्त्वपूर्ण मन्दिर तथा दरबारहरू अवस्थित छन्। स्थानीय र विदेशी पर्यटकका लागि वसन्तपुर क्षेत्र एक प्रमुख आकर्षणको केन्द्र बनेको छ।
तस्विरहरु, सक्षम घिमिरे/नेपाल न्यूज बैंक











प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment