बस र ट्रक ठोक्किएर आगो लाग्यो, १४ जनाको मृत्यु

डिसी नेपाल
१२ चैत २०८२ १३:४८
424
Shares

काठमाडौं । आन्ध्र प्रदेशको मार्कापुर जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको छ।

मारकापुरमका डीएसपी हर्षवर्धन राजुले बीबीसी तेलुगुलाई भनेअनुसार बसमा सवार १४ जनाको मृत्यु भएको छ।

रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै यात्रुहरू पनि घाइते भएका छन्। बस र ट्रक नराम्ररी जलेका छन्।

प्रधानमन्त्री मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले पनि यस बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *