इरानले मलाई आफनो सर्वोच्च नेता बन्न प्रस्ताव गरेको थियो, मैले मानिन : ट्ररम्प

डिसी नेपाल
१२ चैत २०८२ १४:१२
208
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका जनताले उनलाई सर्वोच्च नेता बनाउन चाहेको दाबी गरेका छन्। तर उनले उक्त पद लिन आफू इच्छुक नरहेको बताएका छन्।

वाशिङटनमा आयोजित रिपब्लिकन पार्टीको चन्दा संकलन कार्यक्रममा बोल्दै ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न तेहरान वार्तामा संलग्न रहेको तर आन्तरिक विद्रोहको डरले सार्वजनिक रूपमा स्वीकार गर्न नसकेको दाबी पनि दोहोर्याए।

ट्रम्पका अनुसार, संयुक्त अमेरिकी-इजरायली सैन्य अभियानमा आयातुल्लाह अली खामेनीको हत्या भएपछि तेहरानको नेतृत्वले उनलाई सर्वोच्च नेता बनाउन अनौपचारिक प्रस्ताव गरेको थियो। तर उनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।

वार्षिक नेशनल रिपब्लिकन कङ्ग्रेसनल कमिटी चन्दा संकलन कार्यक्रममा ट्रम्पले भने, “कुनै देशको प्रमुखले त्यो पद लिन चाहेको छैन जति म चाहन्न। उनीहरूले स्पष्ट रूपमा भनेका छन्, ‘हामी तपाईंलाई अर्को सर्वोच्च नेता बनाउन चाहन्छौं।’ तर म भन्छु, ‘धन्यवाद, मलाई चाहिँदैन।’

खामेनीको हत्या पछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता बनाएको छ।

ट्रम्पले थपे, “उनीहरू वार्तामा छन् र सम्झौता गर्न अत्यन्त इच्छुक छन्। तर आफ्नै जनताले मार्ने डरले सार्वजनिक रूपमा भन्न सक्दैनन्। उनीहरूलाई हामीले पनि मार्ने डर छ।”

व्हाइट हाउसले पनि इरानसँग शान्ति वार्ता जारी रहेको दाबी गरेको छ। तर तेहरानले अमेरिकी पहल अस्वीकार गर्दै युद्ध अन्त्यका लागि आफ्नै शर्तहरू अघि सारेको छ। राज्य सञ्चालित प्रेस टिभीका अनुसार, ती शर्तहरूमा अमेरिकी तथा इजरायली आक्रमण पुनः सुरु नगर्ने ग्यारेन्टी, युद्ध क्षतिको क्षतिपूर्ति, तथा होर्मुजको सामुद्रिक मार्गमा इरानको अधिकारको मान्यता समावेश छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *