प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा बालेनको ‘जय महाकाली’ बजारमा (भिडियोसहित)
काठमाडौं । बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिनु अघिल्लो साँझ नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्। उनको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार बेलुकी गीत रिलिज गरिएको हो।
गीतमा शब्द, संगीत र स्वयं बालेनकै स्वर रहेको छ। गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्म गरेको चुनावी यात्राका झलक समेटिएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेपछि बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनी शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment