कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा चन्द

डिसी नेपाल
१२ चैत २०८२ २२:२४
24
Shares

कर्णाली। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्दलाई नियुक्त गरिएको छ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका चन्दलाई उक्त पदमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिए। वि.सं. २०८१ पुसदेखि उक्त पद रिक्त रहेको थियो।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–५ का प्रमोद हमाललाई उपाध्यक्षमा नियुक्त गरिएको छ। उनी यसअघि पनि परिषद्कै उपाध्यक्ष थिए। त्यसैगरी, बैठकले परिषद्को सदस्यहरुमा कालिकोटको खाँडाचक्र नगरपालिका–७ का पङ्खबहादुर मल्ल, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ की भीमकुमारी भुसाल, हुम्लाको चङ्खेली गाउँपालिका–४ का गोरखबहादुर शाही, दैलेखको दुल्लु नगरपालिका–८ का पवनकुमार थापा र वीरेन्द्रनगर नगरपालिका–४ का किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता शाहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *