गृहमन्त्रीमा सुधन गुरुङको चर्चा
काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाहले आज प्रधानन्त्रीको शपथ लिँदैछन्। बालेनले शपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गर्ने तयारी पनि गरेका छन्।
रास्वपाले मन्त्रीको नाम टुंगो लगाउन थालेको छ। अहिलेसम्म तीन जना मन्त्रीको नाम टुंग्यास्सकेको छ। जस अनुसार अर्थमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल र कानुनमा सोविता गौतमको नाम तय भएको स्रोतले जनाएको छ।
अन्य मन्त्रीको नाम तय गर्न यतिबेला सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन र उपसभातिद्वय डिपी अर्याल स्वर्णिम वाग्लेबीच छलफल भइरहेको छ।
स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङलाई बनाउने विषयमा छलफल चलिरहेको छ। सुधनलाई गृहमन्त्री बनाउने विषयमा दुवै नेता सकारात्मक भएको बताइएको छ। यद्यपि टुंगो भने लागिसकेको छैन।
आन्दोलनबाट आएका नेता भएका कारण उनलाई गृहमन्त्री बनाउने विषयमा छलफल भएको हो। ‘उहाँ (सुधन) लाई गृहमन्त्री बनाउने विषयमा छलफल भएको छ, स्रोतले भन्यो, ‘गृह नै नभएपनि उहाँलाई मन्त्री बनाउने विषयमा भने विवाद छैन।’
यद्यपि गृहमन्त्रालय संवेदनशील भएकाले सुधनलाई बनाउँदा समस्या हुने हो कि भन्ने विषयमा पनि दुई नेताबीच छलफल भएको हो।







डिसी नेपाल







Facebook Comment