पूर्व प्रधानमन्त्रीहरू देउवा र ओलीले दिए बालेनलाई बधाई
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
बालेनले प्रधानमन्त्रीको शपथ लिएलगत्तै हङकङमा रहेका देउवाले सामाजिक सञ्जालबाट बधाई दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन्, ‘साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना।’
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्रीको शपथ लगत्तै सामाजिक सञ्जालबाट बधाई दिएका हुन्।
उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्रीको शपथग्रहण समारोहमा भने गएनन्। प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले ओलीलाई झापा ५ मा भारी मतान्तरले हराएका थिए।







डिसी नेपाल







Facebook Comment