निष्पक्षताको मान्यता उल्लङ्घन नगर्न सरकारलाई नेकपाको आग्रह

डिसी नेपाल
१४ चैत २०८२ २१:४२
60
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नवगठित सरकारलाई बधाई दिएको छ।

पार्टीका नेता गणेशमान पुनले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शाह नेतृत्वको मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

यसैगरी नेकपाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा निष्पक्षता, कानुनी प्रक्रिया र विधिको शासन कायम गर्न सरकारलाई आग्रह गरेको छ। सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगर्न आग्रह गरिएको छ।

राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगर्न सुझाव दिँदै विज्ञप्तिमा द्वन्द्व सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सरकारसमक्ष अनुरोधसमेत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *