हामीलाई राज्यका अङ्गहरुलाई नै पंगू बनाउने अर्को बर्बर शासक चाहिएको छैन : पूर्ण बस्नेत

डिसी नेपाल
१४ चैत २०८२ २१:४९
176
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राज्य कानूनी र कल्याणकारी बन्दै जानुपर्ने बताएका छन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन्।

बस्नेतले भने, ‘हामीले नागरिकप्रति बदला या प्रतिशोधपूर्ण व्यवहार गर्ने राज्यको कल्पना गर्न सक्दैनौँ। नत हामीलाई राज्यका अङ्गहरुलाई नै पंगू बनाउने अर्को बर्बर शासक चाहिएको छ।’

मुलुकमा दण्डहिनताको अन्त्य जरुरी रहेको भन्दै उनले मुलुकभित्र घट्ने हरेक घटनाक्रमहरुलाई कानूनी राज्यको मान्यताअनुरुप निरुपन गरिनुपर्नेमा जोड दिएका छन्।

विगतमा कार्यपालिका अङ्गको निरंकुशता राज्यका अन्य अङ्गहरुमा परेको थिएन भने ती अङ्गहरुको पुनर्संरचनाको समेत आवश्यक रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *