कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गरिने

डिसी नेपाल
१५ चैत २०८२ ९:४५
60
Shares

सुर्खेत । कर्णाली प्रदेशसभा सातौँ अधिवेशन आज राती १२ बजेदेखि अन्त्य गरिने भएको छ ।

छैठौ अधिवेशन सकिएको छ महिना पछि गत माघ १८ गतेदेखि सातौँ अधिवेशन सुरु भएको थियो । आइतबार बिहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् आइतबार राती १२ बजेदेखि लागू हुने गरी सातौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिए ।

विधेयक अधिवेशनको रूपमा चिनेन कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनले जम्मा एउटा विधेयक पारित गरेको छ । गत मंगलबारको प्रदेशसभा बैठकले कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक पारित भएको थियो ।

कर्णाली प्रदेशसभामा प्रायः सर्वसम्मत विधेयक पारित भइरहेको अवस्थामा यो विधेयक बहुमतले पारित गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *