रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगियो
काठमाडौं। शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो पक्राउ गरेका लेखकलाई भर्खरै अदालतमा उपस्थित गराइएको हो। लेखकलाई यसअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर सोधपुछ गरिएको थियो।
आजै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ। गत भदौ २३-४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूमाथी अनुसन्धान गर्न आज म्याद गरिँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment