छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका-५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका-४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो।
यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका-४ रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेकोे जिपको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया तुलसी थापाको भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका- एघारघुम्तीमा काठमाडौंबाट हेटौंडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका-११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको मृत्यु भएको छ।
समाचारकक्षले आज प्रकाशन गरेकोसमाचार बुलेटिनअनुसार सिरहाको धनगढीमाई नगरपालिका-६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतो साँझ मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका-१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका-३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको छ।







डिसी नेपाल







Facebook Comment