लागु औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं। बझाङको जयपृथ्वी नगरपालिका-९ चिउरी खानबाट लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदीप बोहरा र २३ वर्षीय तिलक बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
रुपन्देहीको कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनार समेत २ जनालाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले किरणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम २०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मोरङको कानेपोखरी गाउँपालिका-६ बिहीबारे बस्ने ३२ वर्षीय दिप्लुङ राई समेत ३ जनालाई लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २०० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, झापाको भद्रपुर नगरपालिका-४ डाँगीवारिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टा बारी बस्ने १७ वर्षीय किशोर समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागू औषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५०० रुपैयाँसहित सोही ठाउँ बस्ने २७ वर्षीय अमृत श्रेष्ठ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा खटिएको प्रहरीले ना.१९ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, बाँकेको कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारुलाई लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम १८० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







डिसी नेपाल







Facebook Comment