ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ।
आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन्। उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन्।
माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने बताए।
पदर्शनमा पुगेका एक कार्यकर्ताले भने, ‘यही हिसाबले यो सरकार अगाडि जान्छ भने एमाले मात्र होइन, नेपाली कांग्रेस पनि यो आन्दोलनमा सहभागी हुन्छ। कार्की आयोगको प्रतिवेदनमा जेनजी आन्दोलनलाई उकासी सरकारी संरचना जलाएर राज्य ध्वस्त बनाएकाहरु गृहमन्त्री र प्रधानमन्त्री भएका छ्न्। उहाहरुको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्छ भन्ने माग हो।’
ओलीलाई रिहाइ गर्नुपर्ने माग गर्दै एमालेले आज ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।







डिसी नेपाल







Facebook Comment