अवैध लागूऔषध सहित आठ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। अवैध लागूऔषधसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ हजार ५ सय ट्याब्लेट सहित पर्सा पकहाँ मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौरासिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ सय ग्राम सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत बेतिया बस्ने ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरीब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन्। प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment