कार दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
१५ चैत २०८२ २१:५६
900
Shares

रूपन्देही । सवारी दुर्घटनामा रुपन्देहीमा एक जनाको ज्यान गएको छ।

तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५३ बीआर ५८४८ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा कारमा सवार मायादेवी गाउँपालिका सुन्डी बस्ने २३ वर्षीय विवेक कुमार बानियाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *