ओली र लेखकको मुद्दा सुनेपछि उनै न्यायाधीशहरूले रवि लामिछानेको मुद्दामा सुनुवाइ गर्दै

डिसी नेपाल
१६ चैत २०८२ १३:०५
3.1k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आज पेशीमा चढेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ परेको छ ।

यद्यपि मुद्दा आज पनि हेर्न नभ्याइने हुन सक्छ । दुवै न्यायाधीशले आझै आ-आफ्नो एकल इजलासमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दैछन् । ओलीको रिट पोखरेलको र लेखको रिट रेग्मीको इजलासमा पेशी चढ्दैछन ।

यो एकल इजलासपछि दुवै न्यायाधीश संयुक्त इजलासमा बस्नेछन् । सो इजलासमा रविको मुद्दा १२ औं नम्बरमा पेशी चढेको हो । संयुक्त इजलास नै ढिलो गरी सुरू हुने र अगाडि अरू पनि मुद्दा रहेकोले यो मुद्दा आज पनि हेर्न नभ्याइने सम्भावना उच्च छ । यसअघि यो मुद्दा लगातार चारपटकसम्म हेर्न नभ्याइएको हो ।

लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *