फेरियो एमाले आन्दोलनको स्वरुप, वैशाख १२ गते राजधानीमा विशाल प्रदर्शन
काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको प्रहरी दमनको घोर भर्त्सना गरेको छ।
पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको उक्त कदमलाई अलोकतान्त्रिक र अधिनायकवादी चरित्रको पराकाष्ठा ठहर गर्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकले सरकारी कदमको विरोधमा आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
त्यसअघि एमालेको निर्णय अनुसार आगामी चैत २५ गतेभित्र देशका सबै जिल्लाहरूमा आन्दोलन केन्द्रित बृहत् भेलाहरू आयोजना गरिनेछ । जिल्ला तहको तयारी पश्चात चैत २८ गते देशभरका सबै पालिकाहरूमा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।
त्यसैगरी, आन्दोलनलाई थप सशक्त बनाउन वैशाख ३ गते वडा तहमा भेला गरिनेछ भने वैशाख ७ गते सातै प्रदेशका राजधानीहरूमा ठूला प्रदर्शनहरू आयोजना गरिनेछ।







डिसी नेपाल







Facebook Comment